ईभी अटो शो नाडाको मात्र होइन हाम्रो पनि हो : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले ईभी अटो शो नाडाको मात्र नभएर सम्पूर्ण नेपालीको भएको जिकिर गरेका छन् । बिहीबारबाट राजधानीमा शुरु भएको नेपालको पहिलो ईभी अटो शो को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘ईभी अटो नाडाको मात्र होइन अब हाम्रो हो । अहिले विश्व नै ग्रीन अर्थतन्त्रको बहसमा प्रवेश गरिसकेको अवस्था छ। कसरी वातावरणमैत्री उत्पादन र प्रयोगमा ध्यान दिने भन्ने बहस चलिरहेको अवस्थामा नाडाले वातावरणमैत्री विद्युतीय सवारीको प्रदर्शनी शुरु गरेको छ । यसप्रति सरकार खुशी छ, आयोजक नाडालाई धेरै धेरै धन्यवाद दिन्छौं’ अर्थमन्त्री शर्माले भने ।
अहिलेको आवश्यकता नै विद्युतीय सवारीको प्रयोग भएको भन्दै अर्थमन्त्री शर्माले वार्षिक ३ खर्बमाथिको पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न पनि यसको प्रयोग आवश्यक रहेको बताए । सोही अवसरमा अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा मात्र नभएर हरेक वस्तु उत्पादन, आत्मनिर्भर र निर्यातमा सबै केन्द्रित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
-
निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु