बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

बिहीबार, ०६ असोज २०७९, १२ : ५०
बिहीबार, ०६ असोज २०७९

इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।

जापिडको सचिवालयले जारी गरेको वक्तव्य अनुसार उनीहरुबीच दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरु बीचमा छलफल भएको जनाइएको छ ।  विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत भएको बताइन्छ । 

दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्यूताउने सम्झौता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप