एमाले प्रवेश गर्दै सर्वेन्द्र खनालले भने– 'सातवटा प्रधानमन्त्री भोगेँ, तर ओलीजस्तो कोही भेटिनँ'
बिहीबार, ०६ असोज २०७९, १८ : १८

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । त्यसक्रममा उनले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुदै प्रमुख समेत भएर काम गर्दा केपी ओली जस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् ।
इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको बताएका खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए ।
‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ’, खनालले ओलीलाई देखाउँदै भने, ‘सिके राउत र विप्लव समूहलाई पनि शान्तिपुर्ण ढंगले मुल राजनीतिक धारमा ल्याउनुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
-
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
-
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय