नेपाल आइन् भुटानी अभिनेत्री उगेन
बिहीबार, ०६ असोज २०७९, १२ : २८

फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।
फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।
फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राई छन् । फिल्ममा उगेन, दयाहाङको अलवा उपासना सिंह, सौगात मल्ल लगायतको अभिनय छ । फिल्म २ साथीको मित्रताको कथामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल
-
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
-
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान