आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल आइन् भुटानी अभिनेत्री उगेन

बिहीबार, ०६ असोज २०७९, १२ : २८
बिहीबार, ०६ असोज २०७९

फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।

फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।

फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राई छन् । फिल्ममा उगेन, दयाहाङको अलवा उपासना सिंह, सौगात मल्ल लगायतको अभिनय छ । फिल्म २ साथीको मित्रताको कथामा बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप