बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका प्रदर्शनकारीप्रति मेरो ऐक्यबद्धता छ : बाइडेन

बिहीबार, ०६ असोज २०७९, ११ : ५९
बिहीबार, ०६ असोज २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका महिला प्रदर्शनकारीसँग आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् । प्रहरीद्वारा गिरफ्तार गरिएकी एक युवतीको मृत्युको विरोधमा भइरहेका प्रदर्शनमा अन्य ८ जनाको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले प्रदर्शनकारीसँग आफ्नो एक्यबद्धता रहेको बताएका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम राईसीको भाषणको लगत्तै संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै बाइडेनले तेहरानका प्रदर्शनकारीहरूलाई अभिवादन गरे । “आज हामी साहसी नागरिकहरू र इरानका साहसी महिलाहरूसँग एकवद्ध छौं जो अहिले आफ्नो आधारभूत अधिकार सुरक्षित गर्न प्रदर्शन गरिरहेका छन्,“ बाइडेनले महासभालाई सम्बोधन गर्ने क्रममा भने ।

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले तीव्र विरोध प्रदर्शन गरेका छन् ।  आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । विभिन्न ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन् । 

प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।  तीन दिनसम्म कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो  । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि हिजाब उल्लंघन गरेको आरोप लगाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप