मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

बिहीबार, ०६ असोज २०७९, ११ : ४६
बिहीबार, ०६ असोज २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दल निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । 

संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप