बुटवल बसपार्कमा सहायता कक्ष स्थापना
![बुटवल बसपार्कमा सहायता कक्ष स्थापना](https://rpcdn.ratopati.com/media/albums/buspark_desk_EYA4R0WjT2.jpg)
बुटवल उपमहानगरपालिकाले चाडबाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्य सम्बन्धी समस्या हुनसक्ने भएकाले आजदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने नगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए । बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरूलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने छ । उनले हिन्दुहरूको चाडपर्व दसैँ तिहार र छठ सम्म बसपार्कमा डेस्क रहनेछ ।
चाडबाडमा यात्रुहरूको भिडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रूपमा औषधि छर्ने कामलाई पनि निरन्तर जारी रहने छ ।
कोभिड १९, डेंगु र अन्य श्वासप्रश्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी