बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

बिहीबार, ०६ असोज २०७९, ११ : ०७
बिहीबार, ०६ असोज २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । 

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’ क्षेत्रीले भने, ‘अब हामी चुनावमा भाग लिन्नौ । बाहिर गर्ने निर्णयमा पुग्यौ ।’

गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ ।  सरकारले गत साउनमा विप्लवसहित शिर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औं महाधिवेशन समेत प्रभावित भएको छ ।

विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन कहिले हुने निश्चित भइसकेको छैन ।  यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप