शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आटा–सुजी स्वस्थ, मैदा किन अस्वस्थ ? आन्द्रामा टाँसिन्छ, मधुमेह बढाउँछ, हड्डी कमजोर बनाउँछ

बिहीबार, ०६ असोज २०७९, १० : ४५
बिहीबार, ०६ असोज २०७९

गहुँको चोकर, आटा, गहुँको सुजी स्वास्थ्यका लागि यति फाइदाजनक छ तर गहुँले नै बनेको मैदा भने किन हानिकारक हुन्छ ? सबैभन्दा बाक्लो च्याख्ला, थोरै मसिनो सुजी, त्योभन्दा पनि मसिनो सूजी र सबैभन्दा मसिनो मैदा हुन्छ । यी चिजमा किन यस्तो भिन्नता ? गहुँबाट बनेको चिजबारे एक–एक गरी विस्तारले जानकारी लिऔँ । यसका लागि भारतीय सञ्चार माध्यमले  डाक्टर सुवास रायसँग कुराकानी गरेको छ ।

पोषणयुक्त आटा

डा. सुबासका अनुसार आटा बनाउनका लागि गहुँको माथिल्लो पत्र हटाइँदैन । आटामा गहुँको माथिल्लो तह पनि समावेश हुन्छ, जसलाई चोकर भनिन्छ । गहुँको अधिकांश पोषण चोकरमा मात्र पाइन्छ । गहुँको चोकरमा सेल्युलोज भनिने अघुलनशील फाइबर हुन्छ । यसमा क्याल्सियम, सेलेनियम, म्याग्नेसियम, पोटासियम, फस्फोरस, भिटामिन ई, बी कम्प्लेक्स पाइन्छ ।

च्याँख्ला र सुजी छन् पौष्टिक

च्याँख्ला, सुजी र मैदा बनाउनका लागि सबैभन्दा पहिला गहुँको माथिल्लो पत्र निकालिन्छ ।
त्यसपछि उक्त गहुँलाई मोटो मोटो हुने गरी पिसिन्छ, त्यसलाई च्याँख्ला भनिन्छ । च्याँख्लामा चोकर हुँदैन त्यसैले यो आटाभन्दा पच्छ । साना बच्चा, वृद्ध र बिरामीलाई यसकारण च्याँख्ला खुवाइन्छ । च्याँख्लामा फाइबर, प्रोटिन, भिटामिनको भरपुर मात्रा हुन्छ त्यसैले यसलाई पौष्टिक मानिन्छ । सुजी बनाउनका लागि बोक्रा निकालिएको गहुँको च्याँख्लालाई थोरै मसिनो हुने गरी पिसिन्छ । सुजी र च्याँख्लाको पौष्टिकता लगभग बराबरको हुन्छ । सुजीलाई हलुवा, मिठाई बनाउका लागि बढी प्रयोग गरिन्छ ।

आन्द्रामा टाँसिन्छ मैदा

मैदा बनाउनका लागि माथिल्लो पत्र निकालिएको गहुँलाई निकै मसिनो हुनेगरी पिसिन्छ । यसरी मसिनो गरी पिस्दा मैदाको सम्पूर्ण पोषण नष्ट हुन्छ । धेरै सेतो र चम्किलो बनाउनका लागि गहुँमा हानिकारक केमिकल्सले ब्लिच गरिन्छ । त्यसपछि मैदा तयार हुन्छ । क्याल्सियम पेरोक्साइड, क्लोरिन, क्लोरिन डाइअक्साइडजस्ता ब्लिचिङ एजेन्टको प्रयोग मैदालाई ब्लिच गर्न गरिन्छ । यी केमिकलको स्वास्थ्यमा नकारात्मक असर पर्छ । असाध्यै मसिनो हुने भएकोले मैदा आन्द्रामा टाँसिन्छन् त्यसैले मैदालाई हानिकार मानिन्छ ।

गम्भीर रोगको शिकार बनाउँछ

डा. रायलाई विश्वास गर्ने हो भने मैदामा बढी स्टार्च हुने भएकाले मोटोपनाको सम्भावना बढ्ने गर्छ । व्यस्त जीवनशैलीमा धेरैजसो मानिस नास्तामा पाउरोटी खान रुचाउँछन् । यसबाहेक मैदाको रोटी, पुरी, नान पनि मानिसहरु धेरै नै खान्छन् । पिज्जा, बर्गर, बिस्किट बनाउनका लागि पनि मैदा प्रयोग गरिन्छ जुन स्वास्थ्यका लागि राम्रो होइन ।

मैदाको हानी

डा.रायका अनुसार डायटरी फाइबरको कमीका कारण मैदा निकै चिल्लो र मसिनो हुने गर्छ जसका कारण आन्द्रामा यो टाँस्सिन थाल्छ । यसैकारण कब्जियतको समस्या पनि हुनसक्छ र यो अपचको कारण पनि बन्न सक्छ ।

कोलेस्ट्रोल बढाउँछ – मैदामा अत्यधिक मात्रामा स्टार्च हुन्छ, जसका कारण मोटोपना बढ्ने सम्भावना हुन्छ र बिस्तारै खराब कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । यस्तो अवस्थामा यदि तपाई तौल घटाउन चाहानुहुन्छ र कोलेस्ट्रोल बढाउन चाहनुहुन्न भने मैदा खानबाट जोगिनुहोस् ।

हड्डी कमजोर बनाउँछ – मैदालाई आटाबाट बनाइन्छ तर यो बनाउने प्रक्रियामा पीठोको सम्पूर्ण प्रोटिन नष्ट हुन्छ, जसका कारण यसले हड्डीबाट क्याल्सियम तानेर हड्डीलाई कमजोर बनाउने काम गर्छ ।

रगतमा चिनीको मात्रा बढाउँछ– मैदाले रगतमा चिनीको मात्रा बढाउँछ, जसका कारण रगतमा ग्लुकोज जम्मा हुन थाल्छ । यसो हुँदा शरीरमा रासायनिक प्रतिक्रिया उत्पन्न हुन्छ । जसका कारण मोतिबिन्दु र मुटुसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।

ओट्स र च्याँख्लामा कुन बढी स्वस्थकर ?

ओट्सको तुलनामा च्याँख्ला बढी स्वस्थकर हुन्छ । यो बेलुका, बिहानको खानाका लागि एउटा राम्रो विकल्प हो । यद्यपि, ओट्स र च्याँख्ला दुबै स्वास्थ्यका लागि राम्रो हुन्छ । यसका फाइदा र हानीबारे जानकारी लिऔँ ।

– ओट्सका फाइदा : ओट्सलाई वैज्ञानिक रुपमा एवेना सटाइवाको रुपमा चिनिन्छ यसमा कोलेस्ट्रोल कम गर्ने गुण हुने भएकोले विश्वभरी ब्रेकफास्टको रुपमा खाने गरिन्छ । यसले ब्लड सुगरलाई नियन्त्रण गर्छ र डिप्रेशनबाट टाढा राख्न मद्दत गर्छ ।

– च्याँख्याका फाइदा : गहुँलाई टुक्राइएर बनाइएको च्याँख्ला पचाउन सजिलो हुन्छ । यो फाइबरले भरपुर र तौल घटाउनका लागि सबैभन्दा राम्रो मानिन्छ । तपाईंले यसलाई विभिन्न तरिकाले र स्वस्थकर तरिकाले बनाउन सक्नुहुन्छ ।

ओट्स र च्याँख्लाको पोषणको तुलना

च्याँख्लामा भएको पौष्टिक तत्व थायमिन, जिंक, सेलेनियम, नियासिन, फस्फोरस, म्याग्नेसियम, फोलेट, कपर, सोडियम, पोटासियम, फाइबर, आइरन, म्यागनिज र राइबोफ्लेविन हुन् जबकी ओट्समा कार्बोहाइड्रेट, स्याचुरेटेड फ्याट, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्निसियम, पोटासियम र जिंक पाइन्छ ।

ओट्सका साइड इफेक्ट्स

– निल्न र चपाउन समस्या हुनेहरुले ओट्स खानु हुँदैन

– राम्रोसँग नचपाएको खण्डमा ओट्सले आन्द्रामा ब्लकेज गर्नसक्छ

– पेट र आन्द्रासमेत पाचन सम्बन्धि समस्या हुनसक्छ

च्याँख्लाका साइड इफेक्ट्स

– च्याँख्ला खाँदा पेटमा ग्यास पैदा गर्न सक्छ वा सुन्निन सक्छ

– च्याँख्लाको अत्यधिक सेवनले पेट दुख्ने, बान्ता हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप