बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपन आगलागीमा परेर मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

बिहीबार, ०६ असोज २०७९, ०९ : ०९
बिहीबार, ०६ असोज २०७९

बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । 

मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् । 
 
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप