शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मस्कोलाई हतियार निर्यात गर्ने योजना छैन : उत्तर कोरिया

बिहीबार, ०६ असोज २०७९, ०८ : ०१
बिहीबार, ०६ असोज २०७९

उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनः पूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिङ्टनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो ।

रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि रसियामा कहिल्यै हतियार वा गोलाबारुद निर्यात गरेका छैनौं  । हामी मस्कोलाई​ हतियार निर्यात गर्ने योजना पनि गर्दैनौं । ’ 

युक्रेनमा आफ्नो युद्धलाई समर्थन गर्न रसियाले कम्युनिष्ट देश उत्तर कोरियाबाट तोपखाना गोला र रकेट खरिद गरिरहेको सेप्टेम्बरको सुरुमा ह्वाइट हाउसले दाबी गरेको थियो । रुसले लाखौं राउन्ड रकेट र आर्टिलरी गोलाहरू किनेको हुन सक्ने नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप