ग्रेट वाल मोटरको हाभल जोलायनलाई एएनसीएपी सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त
जि.डब्लु.एम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी)ले फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ । जोलायनले एएनसीएपी सेफ्टी रेटिङमा अधिकतम् फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको हो ।
सो परीक्षणमा हाभल जोलायनलाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राइभर र यात्रुको सुरक्षाको परीक्षण गरिएको थियो ।
यसका साथ साथै अरु गाडीहरूसँग ठोकिँदा वा पैदलयात्री तथा साइकल चालकहरूको सुरक्षाका लागि पनि मुल्याङ्कन गरी उक्त रेटिङ प्रदान गरिएको हो ।
एएनसिएपीका प्रमुख कार्यकारी अधिकृत, कार्ला हुरवेगले भने, “एएनसिएपी सेफ्टी रेटिङ एएनसिएपीको २०२०–२०२२ प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँचपछि दिइएको हो । हाभल जोलायन जि.डब्लु. एमका गाडीहरूमा यो फाइभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ ।” थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्याननले पहिले नै एएनसिएपीबाट फाइभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् ।
जि.डब्लु.एम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको रोजाइमा पर्ने विश्वास लिइएको छ ।
भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौँदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरूमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स-ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान