एनएमबी बैंक र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता
बुधबार, ०५ पुस २०७४, १८ : ३३
काठमाण्डौ– एनएमबी बैंक र ज्योती लाईफ इन्स्योरेन्स कम्पनीबीच बुधबार बैंकोरेन्स सेवा उपलव्ध गराउने सम्झौता सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहबीच ती दुई वित्तिय संस्थाबीच उक्त सम्झौता भएको हो ।
जीवन वीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैकिङ साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ बैंकिङ सेवा दिँदै आएको एनएमबी बैंकबीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।
उक्त सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका थिए ।