बङ्गलादेशमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना
बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा बुधबारदेखि ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो । प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिनुका साथै नेपाली वरिष्ठ कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ ।
यस्तै, बेलायती कलाकार नौसीन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनीमीको कलासमेत प्रदर्शनीमा राखिएको छ । होविगञ्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले आर्टशालाले पहिलोपटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिए । उनले कला प्रदर्शनीले नेपाल र बङ्गलादेशको सम्बन्ध झन मजबुद बनाएको बताए । संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको उनको भनाइ छ ।
जिपी कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागका प्रमुख एवं मिथिला येँ आर्ट ग्यालरीका श्यामसुन्दर यादवले फाउन्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको छ । कला प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
-
अवैध लागू औषधसहित १२ जना पक्राउ
-
ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
-
अञ्जुको ‘खोला जस्तो जिन्दगी’मा जीवन र स्नेहको अभिनय
-
रेडक्रसद्वारा १७ जिल्लामा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन
-
यशको टक्सिक २ भागमा आउने