सेल्सबेरीको अन्तिम तिलहरी विजेता बने निशान्त न्यौपाने
बिहीबार, ०६ असोज २०७९, ०६ : ५६

सेल्सबेरी डिपार्टमेन्ट स्टोरको 'चार हप्ता चार छड्के तिलहरी' योजना अन्तर्गत अन्तिम विजेताको पनि घोषणा गरेको छ।
यस योजनाको चौथो हप्ताको विजेता निशान्त न्यौपाने भएका छन्। उनले एक तोलाको छड्के तिलहरी जित्न सफल भएको कम्पनीले बताएको छ।
उक्त योजनाको पहिलो, दोस्रो र तेस्रो विजेताले पनि एक तोलाको छड्के तिलहरी प्राप्त गरिसकेका छन्। यो योजना भदौ १ गतेदेखि ३१ गते सम्मका लागि लागु गरिएको थियो।
अन्तिम विजेता घोषणा गरेसँगै यो योजना समाप्त भएको छ, भने छिट्टै दसैँ तिहार लक्षित योजना सार्वजनिक गरिने सेल्सबेरीले जनाएको छ ।