बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई दशकपछि पहिलोपटक भारत प्रशासित कश्मीरमा फिल्म हल खुले

बुधबार, ०५ असोज २०७९, २२ : ३३
बुधबार, ०५ असोज २०७९

सशस्त्र पृथकतावादी आन्दोलनका कारण बन्द भएका भारत प्रशासित कश्मीरका हलका सिनेमाका पर्दामा पुनः फिल्महरु चल्ने भएको छ ।  मंगलबार सहरको पहिलो मल्टिप्लेक्सको उद्घाटन भयो र आगामी महिनादेखि यसमा चलचित्रहरू प्रदर्शनमा आउनेछ । आईनक्स नामक भारतीय मल्टिप्लेक्स चेनले जम्मू र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरमा तीन स्क्रिन भएको ५२० सिटको हल बनाएको हो ।

 सहरको पहिलो मल्टिप्लेक्सलाई यस क्षेत्रका शीर्ष अधिकारी मनोज सिन्हाले मंगलबार उद्घाटन गरे । जम्मु–कश्मीरको सबैभन्दा हिंसाग्रस्त क्षेत्र मानिने शोपियान र पुलवामामा पनि दुई सिनेमा हल उद्घाटन भएको छ ।  साथै, थप १० सिनेमाहरू खोल्ने योजना रहेको बताइन्छ । बन्द हुनुअघि श्रीनगरमा एक दर्जनभन्दा बढी एकल पर्दाको सिनेमा हलहरु सञ्चालनमा थिए । सुरक्षास्थिति बिग्रँदै गएपछि ती एकपछि अर्को गर्दै बन्द भए । 

अन्तिम सिनेमा हल सन् १९९९ मा बन्द भएको थियो । बन्द भएका फिल्महरूलाई भारतीय सुरक्षा बलहरूले प्रयोगमा ल्याएका थिए । सुरक्षाकर्मीको उलेख्य उपस्थिति रहने भारत प्रशासित जम्मु–कश्मीरमा कम्तिमा पाँच लाख भारतीय सेना स्थायी रूपमा तैनाथ छन् । विशेषत पृथकतावादी समूहहरु विरुद्ध तिनको तैनाथ गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप