चुनाव नै बिथोल्ने षडयन्त्रमा राष्ट्रपति लागेको आरोप
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संसदले पठाएको विधेयक राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउन मिल्ने भए पनि दोस्रो पटक प्रमाणीकरण गर्नुको विकल्प नहुँदा पनि रोकेर असवैधानिक काम गरेको आरोप लगाए । विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानमाथि कू गरेको यादवको आरोप छ । राष्ट्रपतिले संविधान र व्यवस्थालाई नै उल्ट्याउन खोजेको समेत आरोप लगाए ।
राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको व्यवस्था असफल बनाएर अर्को कुन व्यवस्था ल्याउन खोजेको हो भनेर यादवले प्रश्न समेत गरे । तर कुनै पनि हालतमा यो व्यवस्था उल्ट्याउन नसक्ने पनि यादवको भनाई छ । संविधान विपरितको काम गरेकाले राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने मागसमेत यादवले गरे ।
राष्ट्रपतिले देशलाई मुठभेडतर्फ लगेर चुनावसमेत रोक्ने षडयन्त्र गरेको यादवको भनाइ छ । गठबन्धनका कारण एमालेले चुनाव हार्ने अवस्था भएकाले चुनाव नै बिथोल्ने षडयन्त्रमा राष्ट्रपति लागेको उनको तर्क छ ।
नेकपा एमालेका नेता तथा पूर्व कानुन मन्त्रीसमेत रहेका शेरबहादुर तामाङले भने राष्ट्रपतिले सदनबाट पहिलोपटक पारित भएर पठाएपछि संविधानको अधिकार प्रयोग गर्दै सुझाबसहित फिर्ता पठाए पनि कुनै संशोधन नगरिएकाले अहिलेको अवस्था आएको बताए । सत्ता गठबन्धनले जे मन लाग्यो त्यही गरेको नतिजा अहिले देखा परेको भन्दै राष्ट्रपति भण्डारीको बचाउ गरे ।
जनता समाजवादी पार्टीका नेता मनिष सुमनले संविधान निर्माणका बेला भएको त्रुटीको नतिजा अहिले देखा परेको बताए । आफूहरुले संविधानमा भएका त्रुटी हटाउन संशोधन गरौँ भन्दा संविधान विरोधी भनेर धपाइएको उनको गुनासो छ । तर राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको सुमनको प्रतिक्रिया छ ।
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
-
ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ
-
राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?
-
भिसा फ्री ट्रान्जिटको म्याद थपेर चीनले पुर्यायो १० दिन