रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

person explore access_timeअसोज ५, २०७९ chat_bubble_outline0

हाल फैलिरहेको रोगको कारण रगत अभाव हुदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रिलायन्स लाइफ इन्स्योरेन्सले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्सले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रेस्थित कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।




यसका साथसाथै बिभिन्न मिडियाकर्मी र अन्य सर्वसाधारण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । उनका अनुसार यस रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढी मानिसहरुको उपस्थिति भई रक्तदान गरिएको थियो ।  रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।