सिन्धुपाल्चोकमा बन्द भए लघु जलविद्युत् आयोजना
कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँडीखोला लघु जलविद्युत् परियोजना पनि गाउँमा राष्ट्रिय लाइनको विस्तारसँगै बन्द भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइनको विस्तार भएपछि गाउँले लघु परियोजना छाडेर त्यतै रमाउन थालेको स्थानीय अञ्जना धितालले जानकारी दिइन् । पाँचपोखरी गाउँपालिकाकै वडा नं ३ थाङपालकोटमा सञ्चालित हाँडीखोला दोस्रो र तेस्रो आयोजना बन्द भएको पूर्व गाविस अध्यक्ष उदय सापकोटाले बताए । सापकोटाका अनुसार दोस्रोबाट २६ र तेस्रोबाट २० किलोवाट विद्युत् उत्पादन हुने गर्दथ्यो ।
चोकटीमा १३ लाखको लागतमा बनेको घट्टेखोला लघु परियोजना पनि राष्ट्रिय प्रसारण लाइनको विस्तार भएसँगै बन्द भएको छ । समुदायको आकर्षण घट्दा परियोजनामा सरकार र दाताले गरेको लाखौँ रुपैयाँ लगानी जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा २०५५ बाट ग्रामीण ऊर्जा विकास कार्यक्रम लागू भएपछि जिल्लामा निर्मित १३ लघु परियोजनाबाट उत्पादित दुई सय ५६ किलोवाट विद्युत् क्षमताले १० हिमाली गाउँका करिब तीन हजार घरधुरीलाई उज्यालो दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने