बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बहुसंख्यक रिपब्लिकन अमेरिकालाई ‘क्रिश्चियन राष्ट्र’ बनाउनुपर्ने पक्षमा

बुधबार, ०५ असोज २०७९, २१ : ०८
बुधबार, ०५ असोज २०७९

अमेरिकाको रिपब्लिकन पार्टी समर्थकहरुमाझ देशलाई इसाई राष्ट्र बनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । प्रमुख रिपब्लिकन राजनीतिज्ञहरूले मतदातालाई आकर्षित गर्न यही सन्देशलाई जोड दिन थालेको देखिन थालेको छ । सन् २०२२ को मध्यावधि चुनाव नजिकिँदै गर्दा पेन्सिल्भेनियाका गभर्नरका लागि रिपब्लिकन उम्मेदवार डग मास्ट्रियानोले मतदातामाझ ‘अमेरिका एक क्रिश्चियन राष्ट्र हो’ र चर्च तथा राज्यबीच को विभाजन ‘मिथक’ मात्र भएको बताए । 

जर्जियाकी कट्टरपन्थी रिपब्लिकन मार्जोरी टेलर ग्रीनले त घोषणै सहर भनेकी छन् : ‘हाम्रो पार्टी राष्ट्रवादी पार्टी हुन आवश्यक छ । म एक इसाई हुँ, र म गर्वका साथ भन्छु, हामी इसाई राष्ट्रवादी हुनुपर्छ ।’  उनले ‘क्रिश्चियन नेश्नलिस्ट’ लेखिएको सर्ट नै बेच्ने बताएकी छन् । अहिले आएर फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि क्रिस्चियन राष्ट्रवादी उचालिरहेका छन् ।

क्रिश्चियन राष्ट्रवादको अमेरिकी राजनीतिक इतिहासमा एक लामो परम्परा छ, तथापि पहिले यी माग राख्नेहरू सीमान्तकृत सानो समूह हुन्थे । तर अहिले मुख्य धारका राजनीतिज्ञले यी माग उचाल्न थालेको छ ।  एक नयाँ जनमत सर्वेक्षणले अधिकांश रिपब्लिकन मतदातामा पनि यो मागप्रति समर्थन गर्ने देखिएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड गरेको क्रिटिकल इस्यूज पोल (महत्वपूर्ण मुद्दामा सर्वेक्षण) ले संयुक्त राज्य अमेरिकालाई क्रिश्चियन राष्ट्र घोषणा गर्नुपर्ने विश्वास गर्ने रिपब्लिकन समर्थकहरुमाझ बहुमत नै देखिएको छ । 

२०९१ सहभागी समावेश सर्वेक्षण सन् २०२२ मे ६ देखि १६ बीचमा सम्पन्न गरिएको थियो र यसमा त्रुटीको सम्भावना +/– २.१४ प्रतिशत हुनसक्ने मानिएको छ । सर्वेक्षणमा सहभागीहरुलाई अन्य प्रश्नका अतिरिक्त– ‘तपाईं संयुक्त राज्य अमेरिकालाई आधिकारिक रूपमा क्रिश्चियन राष्ट्र घोषणा गर्ने पक्षमा वा विपक्ष हुनुहुन्छ ?’ भन्ने प्रश्न गरिएको थियो ।

समग्रमा, जवाफ दिनेहरुमध्ये ६२ प्रतिशतले आफूले यस्तो घोषणाको विपक्षमा रहेको बताएका थिए । यस्तो जवाफ दिनेमा डेमोक्रेट्सहरुमा ८३ प्रतिशत र रिपब्लिकनमा ३९ प्रतिशत थिए ।  झण्डै ६१ प्रतिशत रिपब्लिकनहरु संयुक्त राज्यलाई क्रिश्चियन राष्ट्र घोषणा गर्नुपर्ने देखिए ।  –पोलिटिकोबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप