शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं आएका डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

बुधबार, ०५ असोज २०७९, २० : ५८
बुधबार, ०५ असोज २०७९

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए ।

अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भएपनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए । 

स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डा केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप