शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गरिन्छ : मुख्यमन्त्री राई

बुधबार, ०५ असोज २०७९, २० : ५५
बुधबार, ०५ असोज २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार सवारी दुर्घटनाबाट हुने नागरिकको अकाल मृत्यु न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आकासे पुल, ट्राफिक लाइट पार्किङ ट्राफिक व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइरहेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले रु ३६ लाख मूल्य बराबरका छ थान स्कटिङ मोटरसाइकलको चाबी प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई हस्तान्तरण गरे । उनले वर्तमान सरकारले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि प्राप्त सुझाव सम्पत्तिका रुपमा संरक्षण गरी आगामी दिनमा बन्ने नयाँ सरकारलाई मार्गदर्शनका रुपमा हुने विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दसैँ अगाडि प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा’ अध्यादेश ल्याउन लागेको जानकारी दिँदै प्रदेशका राजमार्गमा दुर्घटना र अपराध नियन्त्रणका लागि ट्राफिक प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउने बताए ।

कार्यक्रममा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले प्राप्त सहयोगले प्रदेशको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास धारणा राखे । सो अवसरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रदेश ट्राफिक व्यवस्थापन अवस्था र भावी योजना सम्बन्धमा कार्यपत्र पत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप