शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक पास नगर्न आदेश माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

बुधबार, ०५ असोज २०७९, २० : ५३
बुधबार, ०५ असोज २०७९

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो । 

संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवै सदनले परिमार्जन नगरि हतार प्रमाणीकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख गरिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप