शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

बुधबार, ०५ असोज २०७९, २० : २४
बुधबार, ०५ असोज २०७९

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । 

विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को घोर विरोध गर्दछौं, विद्या तिमी को हौ चिन्दैनौँ, शीतल निवास राख्दैनौं’ जस्ता नारा लगाएका थिए । 

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मङ्गलवार राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि उनको देशैभर आलोचना भइरहेको छ ।  संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था भएको भएपनि संवैधानिक सर्वोच्चताको ख्याल नराखी राष्ट्रपतिले चालेको कदमविरुद्ध प्रदर्शनी गरेको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप