अनरले ल्यायो एक्स६ को आकर्षक प्रि–बुकिङ अफर
बुधबार, ०५ असोज २०७९, २० : १६

नेपालका लागि अनर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले एक अफरसहित प्रि–बुकिङ खोलेको छ । कम्पनीले अनरको पछिल्लो एन्ट्री लेभल फोन अर्थात अनर एक्स६ को प्रि–बुकिङ सुरु गरेको हो ।
आकर्षक सुविधाले सज्जित उक्त फोन यसअघि लन्च गरिएको कम्पनीको एक्स सेरिज परिवारको नयाँ सदस्य भएको विज्ञप्तिमा उल्लेख छ । यसको प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखमा समाप्त हुनेछ । यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० मूल्यको अनर इयरबड एक्स३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् ।
५००० एमएएच ब्याट्री, ४जीबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज, आकर्षक क्यामरा प्रणाली र अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित भएको कम्पनीले जनाएको छ। २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुने यो फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि