शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होनोरले ल्यायो एक्स६ को आकर्षक प्रि–बुकिङ अफर

बुधबार, ०५ असोज २०७९, २० : १६
बुधबार, ०५ असोज २०७९

नेपालका लागि होनोर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले एक अफरसहित प्रि–बुकिङ खोलेको छ ।  कम्पनीले होनोरको पछिल्लो एन्ट्री लेभल फोन अर्थात होनोर एक्स६ को प्रि–बुकिङ सुरु गरेको हो । 

आकर्षक सुविधाले सज्जित उक्त फोन यसअघि लन्च गरिएको कम्पनीको एक्स सेरिज परिवारको नयाँ सदस्य भएको विज्ञप्तिमा उल्लेख छ । यसको प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखमा समाप्त हुनेछ । यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० मूल्यको होनोर इयरबड एक्स३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् । 

५००० एमएएच ब्याट्री, ४जीबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज, आकर्षक क्यामरा प्रणाली र अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित भएको कम्पनीले जनाएको छ।  २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुने यो फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप