शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बुधबार, ०५ असोज २०७९, १९ : ५१
बुधबार, ०५ असोज २०७९

बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

चाडपर्व शुरु भइसकेको अवस्थामा सो समयमा हुने अपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु गरिएको उनले बताए । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिम प्राप्त प्रहरी कुकुरसहित नियमित तथा सरप्राइज चेकजाँचको व्यवस्था मिलाइएको छ । 

नियमित क्युआरटी टोली परिचालन गर्ने,  मोवाईल गस्ती परिचालन गर्ने,पिकेट डियुटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैंकिङ तथा वित्तीय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने सुरक्षा योजनामा उल्लेख छ । 

चाडबाडका बेला हुनसक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने,  सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरुको गति नियन्त्रणका लागि राडरगनसहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्नेलगायतका विषय सुरक्षा योजनामा समेटिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोसाकमा समेत गरी जम्मा ५ हजार ३३२ जना प्रहरी टोली परिचालित हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप