बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरी–२ मा कांग्रेस नेता महेन्द्र यादवको दाबेदारी

बुधबार, ०५ असोज २०७९, १९ : ३४
बुधबार, ०५ असोज २०७९

नेपाली कांग्रेसका नेता महेन्द्र यादव (मधुकर) महोत्तरी–२ बाट उम्मेदवार बन्ने कसरतमा छन् । पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका यादव महोत्तरी–२ को टिकटका लागि तीव्र लबिङमा छन् । 

उनी २०५६ मा भएको आम निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए । ०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिकामा पनि उनी सांसद भएका थिए । त्यस यता कांग्रेसबाट आफूले कुनै अवसर नपाएको यादवको गुनासो छ । ०७४ मा महोत्तरी-२ बाट कांग्रेस केन्द्रीय सदस्य किरण यादवले चुनाव लडेकी थिइन् । 

तत्कालीन राजपाका नेता सरदसिंह भण्डारीसँग उनी पराजित भएकी थिइन् । अहिले पनि महोत्तरी–२ मा यादवको दाबी छ । यस पटक महोत्तरी–२ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा लागेको यादवले बताए । पाँच दशक लामो राजनीतिक यात्रामा पार्टीमा ठूलो योगदान दिएको भन्दै उनी टिकटका लागि शीर्ष नेतासँग भेटघाट गरिरहेका छन् । 

२०२८ सालदेखि कांग्रेसको संक्रिय राजनीतिमा रहेका यादव ०३६ मा महोत्तरी नेविसंघको सभापति भएका थिए । महोत्तरी कांग्रेसको सचिव र २०४७ जिल्ला विकास समिति उपसभापति भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप