बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन : नागरिक आन्दोलन

बुधबार, ०५ असोज २०७९, १९ : २६
बुधबार, ०५ असोज २०७९

बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेको ठहर गरेको छ । आन्दोलनको तर्फबाट बुधबार जारी विज्ञप्तिमा संविधानको संरक्षकबाट नै संविधान उल्लंघन गर्ने कार्यको विरोध गरिएको छ ।

 संविधान उल्लंघन गर्दै राष्ट्रपतिबाट भएको बलमिच्याईँले लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ । व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वोच्चता कायम राख्न भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत नागरिक आन्दोलनको ठहर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप