आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्स स्थापनाको २४ वर्ष पुरा

एक वर्षमा १५ हजार ९२५ उडान
बुधबार, ०५ असोज २०७९, १८ : ३७
बुधबार, ०५ असोज २०७९

निजी हवाई सेवा प्रदायक यती एयरलाइन्सले आफ्नो हवाई यात्राको २४ औं वर्ष सफलतापूर्वक पुरा गरेको छ । सन् १९९८ मे मा हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यवसायिक यात्रा शुरु गरेको हो । 

बुधबार आफ्नो सफलतापूर्ण २४ वर्षे यात्राका क्रममा पछिल्लो एक वर्षमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको कम्पनीले जनाएको छ । 
१ बर्षको अवधिमा ५ वटा विमान मार्फत यती एअरलाइन्सले १५ हजार ९२५ उडान मार्फत १० लाख ५ हजार ६७७ यात्रुहरुलाई हवाई सेवा दिएको छ भने २७ हजार ६६३ बिदेशी पर्यटकलाई सेवा दिएको बताएको छ । साथै १ लाख ५४ हजार २८७ कार्गो तथा कुरिएर समेत बोकेको कम्पनीले जानकारी दिएको छ ।

शुरूवाती चरणमा २ वटा ट्विनअटर वायुयानबाट उडान शुरु गरेको कम्पनीले आफ्नो २४ वर्षे यात्राको दौरानमा एअरलाईन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव रहको दाबी गरेको छ । यो क्रममा कम्पनीले डिएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, इएमबी–११०, ईएमबी–१२०,साब–३४० बि, जेटस्ट्रीम जे–४१, डिएचसी–६ ४०० ट्विनअटर तथा एटिआर–७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको बताएको छ । 

हालै मात्र एउटा विमान थपेको यतीसँग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै बर्ष एउटा विमान ल्याउने योजनामा कम्पनी रहेको छ । कुल ७३० जना कर्मचारी कार्यरत रहेको यस एयरलाइन्सले नेपालमा हवाइसेवाको लागि धेरै प्राविधिक तथा दक्ष हवाई जनशक्ति समेत उत्पादन गरिसकेको यती एयरलाइन्सका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप