टुकुचामाथि बनेका संरचनामा क्षति नपुर्याउन उच्च अदालतको आदेश
हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो ।
बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
छुट्टाछुट्टै रिट दर्ता भएपनि सबै मुद्दालाई एकैसाथ राखेर अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा सुनुवाइ भएको थियो । सुनुवाइपछि यी सबै मुद्दाको सम्बन्धमा असोज २६ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएर त्यहाँ कुनै क्षति नपुराउन भनिएको छ ।
यसअघि बुधवारका लागि पेसी तोकिएका प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स लगायतका तीन घरका सम्बन्धमा अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा असोज ७ गते शुक्रवार दोहोरो छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण