बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले घोषणापत्र लेख्न काम थाल्यो

बुधबार, ०५ असोज २०७९, १८ : ४३
बुधबार, ०५ असोज २०७९

नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ । समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो । 

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । सो समितिमा पार्टीका सहमहामन्त्रीहरूका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ । घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै कांग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरूलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए । उनले घोषणापत्र तयारीका काम शुरु भएको जानकारी दिए ।

उनले भने, ‘हामीले समग्रमा नेपाली काँग्रेसले अहिलेसम्म के ग¥यो र आगामी दिनमा हामीले गर्न सकिने,  नचाहिने लोक रिझ्याँइका सपना बाड्नुभन्दा पनि नेपाली कांग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्नसकिने कुराहरुलाई राखेर हामीले घोषणापत्र तयार गर्छौं । त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ । जुन नेपाली कांग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिवद्धता त्यसमा जाहेर गर्नेछ । त्यसको लागि तयारी शुरु भएको छ ।’

उनले नेपाली कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाड्ने पनि स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप