शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

बुधबार, ०५ असोज २०७९, १८ : २९
बुधबार, ०५ असोज २०७९

नेपाल राष्ट्र बैंकले आगामी असोज ६ गते ४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स बापतको उक्त बिल बिहीबार सोझै बोलकबोल गर्ने भएको हो । 
असोज ७ गते शुक्रबार बिक्री हुने बिलका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट जारी हुने बिलका लागि कटअफ रेटका आधारमा ब्याजदर प्रदान गरिने समेत बैंकले जनाएको छ । 

इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने राष्ट्र बैंकको आधिकारिक वेवसाइटमार्फत गर्नुपर्ने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप