शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संवैधानिक दायित्वबाट विचलित नहुन राष्ट्रपतिलाई प्रेस युनियनको आग्रह

बुधबार, ०५ असोज २०७९, १८ : ०३
बुधबार, ०५ असोज २०७९

नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ । नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी प्रतिकुल हुने गरी राष्ट्रपतिले संसदले पठाएको विधेयक प्रमाणीकरण नगरे पछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।

नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी संविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपिल गरेका हुन् । ‘नागरिकता विधेयक’ राजनीतिक विषय भए पनि विधेयक प्रमाणीकरण संवैधानिक जिम्मेवारी भएको समेत युनियनले बताएको छ ।

युनियनका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति संविधानको संरक्षक हो । संविधान पालना गर्नु गराउनु उहाँको प्रमुख दायित्व हो ।’ दलहरूका बीचमा केही राजनीतिक असहमतिहरू भए दलहरूले नै संवादबाट समाधान गर्न आग्रह गर्दै राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित नपार्न भनेको छ ।

संसदले दोस्रो पटक पठाएको विधेयक राष्ट्रपतिबाट तोकिएको समय सीमा भित्र प्रमाणीकरण नगरे पछि राष्ट्रपति र सत्ताधारी राजनीतिक दलबीच द्वन्द्व सृजना भएको युनियनले जनाएको छ । संसदले पठाएको विधेयकलाई राष्ट्रपतिले रोक्ने अधिकार संविधानले नदिएको बताउँदै संविधानको संरक्षक राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट विचलित भएको युनियनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप