पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु
बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् । अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो ।
बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना मध्ये नौ जना सिन्ध प्रान्तका मात्रै छन् । अर्का एक जनाको भने बालुचिस्तान प्रान्तमा मृत्यु भएको हो । यसअघि अन्य प्रान्तमा पनि मृत्यु भएका विवरण आउने गरेका थिए ।
पछिल्लो एक दिनमा ५० हजार ९४० घर क्षतिग्रस्त भएका छन् भने २४ हजार ७७५ जनावर मरेका छन् । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार ५६९ जनाको मृत्यु भएको छ । त्यसैगरी १२ हजार ८६० जना घाइते भएका छन् ।
गत मध्ये जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको वर्षाका कारण अनपेक्षित क्षति भएको अधिकारीहरूले बताएका छन् । यसअवधिमा २० लाख नौ हजार ७९४ घर क्षतिग्रस्त भएका छन् । घर क्षतिग्रस्त भएपछि लाखौ मानिस घरबार विहीन भएका छन् । उनीहरु विभिन्न अस्थायी शिविरमा बसिरहेका छन् । विस्थापित र बाढी पहिरोबाट पीडितहरुलाई विभिन्न राहत तथा सहयोगको आवश्यकता रहेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
-
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
-
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
-
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
-
होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ