रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

person explore access_timeअसोज ५, २०७९ chat_bubble_outline0

रुपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका–५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०५८ साल साउन २१ गते राती साविक विष्णुपुरा गाविस ७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठको कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ ।


जिल्ला अदालत रुपन्देहीबाट २०७३ वैशाख ३० गतेको फैसला अनुसार उनलाई जन्मकैद ठहर भएको थियो । हत्यालगत्तै फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले मंगलबार पक्राउ गरेको छ ।  फैसला कार्यान्वयनको लागी रुपन्देही अदालतमा पेश भएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।