मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याज बढ्दैमा निक्षेप बढ्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल

बुधबार, ०५ असोज २०७९, १७ : १४
बुधबार, ०५ असोज २०७९

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताएका छन् । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए ।  वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताए । 

उनले भने, ‘कोभिड १९ महामारीपछि बजारमा तरलता अभावको समस्या हुँदै आएको छ । बजारमा तरलता अभावको कारण मुलुकभित्र व्यवसायिक गतिविधिहरु बढाउन मात्रै समस्या बनाएको नभएर भएका उद्योगहरुको क्षमता बिस्तार गर्नको लागि समेत धेरै समस्या बनाएको छ । अहिले आएर नेपालमा रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार भएको छ । यसले अर्थतन्त्रमा देखिएको तरलता अभावलाई सहज बनाउन मद्दत पुग्छ । व्यवसायिक गतिविधि बढाउनुपर्ने अवस्थामा अहिले तरलता चापले  खुम्च्याउने काम गरेको छ । बैंकहरुले ब्याजदर बढाउने स्वाभाविक होइन । अहिले जुन लेभलमा बैंकहरुले ब्याजदर बढाएका छन् । यसरी निक्षेपमा ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने हुँदैन ।’

उहाँले पछिल्लो समय व्यवसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप