शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेश सरकारले साफ विजेता गोलरक्षक रुपनाको घर बनाइदिने

बुधबार, ०५ असोज २०७९, १७ : १२
बुधबार, ०५ असोज २०७९

छैटौं साफ च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको घर त्यहाँको सरकारले बनाइ दिने भएको छ ।​ बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले  उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् ।

चक्मा साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनले प्रतियोगिताभर मात्र एक गोल खाएकी थिइन् ।​ रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले घर बनाइदिन निर्देशन दिएको हो ।

अमेरिका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेकी प्रधानमन्त्री शेख हसिनाले उनको घर बनाइदिन निर्देशन दिएको बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप