शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता

बुधबार, ०५ असोज २०७९, १७ : ०६
बुधबार, ०५ असोज २०७९

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

असोज २ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरे । 

सो अवसरमा सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको उर्जा डेभलपर्ससँग सहकार्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप