शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा २८ दलले बुझाए बन्दसूची

बुधबार, ०५ असोज २०७९, १६ : ४७
बुधबार, ०५ असोज २०७९

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्द सूची बुझाएका छन् ।

प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी केन्द्र , राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एमाले छन् ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टी, नेकपा माले, नेपाली कांग्रेस बीपी, नेश्नललिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा माओवादी समाजवादी, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्द सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्द सूची पेस गरेका छन् । संयुक्त रूपमै बन्द सूची बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन् ।

नेकपा माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्द सूची आयोगमा पेस गरेका छन् । बन्द सूची बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन् । कर्णाली प्रदेशसभामा समानुपातिक तर्फको सिट संख्या १६ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप