‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा
फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।
वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।
नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । शुक्रबार नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी संस्करणमा यो फिल्म प्रदर्शनमा आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके