राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम
बुधबार, ०५ असोज २०७९, १६ : १७
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो ।
लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने
-
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
-
‘फुटबल मैदानका लागि काठमाडौँमा जग्गा भेटिएन’
-
डार्क सर्कल किन हुन्छ ?
-
बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार
-
६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार