मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुटवलमा प्रदर्शन

बुधबार, ०५ असोज २०७९, १६ : ०९
बुधबार, ०५ असोज २०७९

४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । विश्वका विभिन्न देशमा भएको युद्ध रोक्न आग्रह गर्दै बुटवलको चौराहामा मंगलबार प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा सहभागीले रुसलाई युक्रेनमाथिको युद्ध तत्काल रोक्न आग्रह गरेका छन् । समाजले युद्ध निषेध, शान्ति विशेष, युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लगायतका विभिन्न प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप