ठाकुरकी छोरी समानुपातिकको एक नम्बरमा परेपछि लोसपामा विवाद
काठमाडौँ असोज ५–निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद देखिएको छ । शीर्ष नेताको सहमतिबाट बनेको सूचीभन्दा फरक सूची आयोगमा दर्ता भएको भन्दै सो पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह भण्डारीले असन्तुष्टि जनाएका छन् । बानेश्वरमा बसेको शीर्ष नेताहरूको गोप्य बैठकमा उनीहरूले पार्टी अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पाँच शीर्ष नेताको सहमतिमा बनेको सूचीलाई अध्यक्ष ठाकुरले फेरबदल गरेको आरोप उनीहरूको रहेको छ । अध्यक्ष ठाकुरले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना निकटको नाम मात्र हालेर बसेको गुनासो नेता महतो र भण्डारीको रहेको छ । यिनै विषयलाई लिएर उनीहरूको बीचमा भनाभन समेत भएको बताइएको छ ।
अध्यक्ष ठाकुरले आफ्नो छोरी मिनाक्षी ठाकुरको नाम प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूचीको एक नम्बरमै नाम राखेका छन् । त्यस्तै प्रदेशको समानुपातिक उम्मेदवारको सूचीमा उनले आफ्नो आफन्त अजय झाको नाम एक नम्बरमा राखिएको छ । दुई नम्बरमा केशव झाको नाम राखिएको छ । त्यस्तै रामकुमार मण्डल, रुपा यादव र अञ्जु बैठाको नाम पनि सूचीमा राखेर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण