बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी विश्वकप लिग टूमा नामिबियाले पीएनजीलाई हरायो

बुधबार, ०५ असोज २०७९, १४ : ३६
बुधबार, ०५ असोज २०७९

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी  (पीएनजजी)लाई ६१ रनले हराएको छ ।​ पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो ।

आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको लिग टूको खेलमा नामिबीयाले जित निकाल्दा नेपाललाई घाटा भएको छ । जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ ।

पीएनजीको २४ खेलबाट ५ अंक जोडेर तालिकाको पुछारमा छ । यता नेपाल २० खेलमा ८ मा जितका साथ १७ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।​ पीएनजीका लागि सियाकाले ३८ तथा हिरी हिरीले २९ रन बनाए । त्यस्तै चाल्स अमिनीले २२ रनको योगदान गरे ।

नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले तीन विकेट लिए । त्यस्तै टाङ्गीनी लङ्गामिनी, रुबेन ट्रपिलम्यान र जान फ्रायलिंकले दुई–दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ४९ रन बनाए । त्यस्तै जान निकोलले ३५ रन बनाउँदा लोहानड्री लौरेन्सले ३४ रनको योगदान गरे ।

पीएनजीका लागि चाड सोपार र काबुआ मोरियाले समान दुई/दुई विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप