बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरको धोवीघाटमा आगलागी, ३ जना घाइते

बुधबार, ०५ असोज २०७९, १४ : १९
बुधबार, ०५ असोज २०७९

ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।

आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप