आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कानुनविद्लाई बालुवाटार बोलाइयो

बुधबार, ०५ असोज २०७९, १४ : ०३
बुधबार, ०५ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ ।  त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मान्ने वा राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने विषयमा कानुनविद्को राय लिन लागिएको बुझिएको छ । कानुनविद्हरुको रायका आधारमा गठबन्धनले थप बनाउने नेताहरुको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप