सरकार डेंगु नियन्त्रण गर्नबाट चुकेको एमालेको आरोप
नेकपा एमालेले सरकार डेंगु प्रकोपको फैलावट, नियन्त्रण र उपचार गर्नबाट चुकेको आरोप लगाएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रेस विज्ञप्ति जारी गरी डेंगु नियन्त्रणका लागि सरकारसँग योजना, कार्यक्रम र सक्रियता नभएको समेत आरोप लगाएको हो ।
विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । भट्टराईले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न आग्रह गरेका छन् ।
गएको साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् । डेङ्गुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय