शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुनः थप

बुधबार, ०५ असोज २०७९, १३ : ११
बुधबार, ०५ असोज २०७९

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।

तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । 
 
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका(४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय  कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आइपिओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । सह(निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप